२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
--3766

लुम्बिनी सेवा समाज अमेरिकाद्वारा आश्रमलाई सहयोग

लुम्बिनी सेवा समाज अमेरिकाद्वारा आश्रमलाई सहयोग

बुधवार, फाल्गुण ११ २०७८
बुधवार, फाल्गुण ११ २०७८
  • तिलोत्तमा, ११ फागुन । सेवा समाज अमेरिकाले नेपाल अविनाश अनाथ आश्रम तिलोत्तमा–१५, कोटिहवालाई आर्थिक सहयोग प्रदान गरेको छ । आश्रमलाई समाजको तर्फबाट ५० हजार नगद सहयोगस्वरुप प्रदान गरिएको संस्थाका अध्यक्ष जगदिशप्रसाद न्यौपानेले बताए ।


    बुधबार एक कार्यक्रमका बीच लुम्बिनी सेवा समाज अमेरिकाले आश्रमका अध्यक्ष कृष्णप्रसाद ज्ञवालीलाई नगद सहयोग प्रदान गरेका हुन् । सहयोग रकम हस्तान्तरण गर्दै समाजका अध्यक्ष न्यौपानेले समाजको तर्फबाट केही भए पनि आश्रमलाई सहयोग पुगोस् भन्ने उद्देश्यले नगद रकम प्रदान गरिएको बताए । आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने उनले प्रतिवद्धता जनाए ।
    समाजकै उपाध्यक्ष लता प्रधानले आश्रमलाई सहयोग गर्न पाउँदा खुशीको अनुभूुति भएको बताउँदै लुम्बिनी सेवा समाज अमेरिकाले अनाथ बालबालिका लगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको बताइन् ।


    नेपाल अविनाश अनाथ आश्रमका अध्यक्ष कृष्णप्रसाद ज्ञवालीले आश्रमलाई सहयोग प्रदान गरेकोमा संस्थालाई धन्यवाद दिंदै विभिन्न क्षेत्रबाट सहयोग जुटाउन सञ्चार क्षेत्रको समेत ठूलो भूमिका रहेको बताए । आश्रममा हाल २२ जना बालबालिका आश्रित रहेको उनले जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij