२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • कञ्चनपुरमा MCC को विपक्षमा मतदान गर्न...
-mcc--3765

कञ्चनपुरमा MCC को विपक्षमा मतदान गर्न आग्रह

कञ्चनपुरमा MCC को विपक्षमा मतदान गर्न आग्रह

बुधवार, फाल्गुण ११ २०७८
बुधवार, फाल्गुण ११ २०७८
  • गणेश एसके / फागुन ११ कञ्चनपुर : कञ्चनपुरमा MCC को विपक्षमा मतदान गर्न आग्रह गर्दै नेकपा निकट भातृ संगठन अखिल क्रान्तिकारी कञ्चनपुर द्वारा राष्ट्रघाती सम्झौता MCC को विपक्षमा मतदान गर्न आग्रह गर्दै कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने सांसदको घरमा ब्यानर लगाएको छ ।

    कन्चनपुरबाट निर्वाचित प्रतिनिधि सभा सदस्य निरु देवी पाल र दीपक प्रकाश भट्टको घरमा संगठनले एमसीसी सम्झौताको विरोध स्वरूप ब्यानर झुन्ड्याइएको बताइएको छ । अन्यथा MCC सम्झौताको पक्षमा मतदान गर्ने सांसदहरुलाई जिल्ला प्रवेश निषेध गरिने संगठनले चेतावनी समेत दिएको छ ।

    अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष टेकेन्द्र पाठकले भने हामी यो राष्ट्रघाती सम्झौता mcc को विरुद्धमा आजसम्म निरन्तर चरणबद्ध रुपमा आन्दोलनमा छौ यसै सन्दर्भमा हाम्रो संगठनको केन्द्रीय कार्यक्रम अनुसार सबै संघीय सांसदलाई उक्त सम्झौता को विपक्षमा उभिनु भन्ने दबाब सहित आग्रह गर्दै घर घरमा गएर ब्यानर लगाएका छौं ।

    यदि उनीहरूले एमसीसी सम्झौताको पक्षमा मतदान गरे जिल्ला प्रवेश निषेध गर्ने छौ र त्यस्ता जनप्रतिधिलाई बहिस्कार गर्ने उनले बताए । यो राष्ट्रघाती सम्झौता MCC खारेज नहुँदा सम्म आफूहरु निरन्तर आन्दोलनको मोर्चामा हुने उनी बताउँछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij