सावन राना । बुटवल । रुपन्देहीमा नेकपा सहितका ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाको संयुक्त बैठक बसेको छ । जिल्लामा एमसीसीको बिरुद्धमा नेकपा सहितका ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले निरन्तर संघर्ष गर्दै आइरहेको छ ।
बुटवलमा बसेको संयुक्त दलको बैठकले सरकारले संसदबाट एमसीसी पारित गर्न लागी परेको अवस्थामा त्यसका बिरुद्धमा देशभक्त पक्षधर जनसमुदाय सबैलाई आन्दोलनमा सहभागी हुन आव्हान गर्दै आगामी थप कार्यक्रमहरु तय गरेको छ ।
कार्यक्रम फागुन ११ गते देखि १५ सम्म मसाल जुलुस, जिल्ला प्रसासन घेराउ, कोण सभा, प्रचारप्रसार र बिरोध सभा रहेका छन् ।

