११ फागुन,कञ्चन रुपन्देहीको कञ्चनमा राष्ट्रघाती एम.सी. बिरुद्ध मंगलवार मसाल जुलुस भएको छ। कञ्चनमा कृयाशिल बिभिन्न राजनैतिक दलहरुले राष्ट्रिय स्वासधनताको रक्षा गरौं, राष्ट्रघाती एम.सी सी.खारेज गरौं भन्दै कञ्चनको बरपिपलचोक देखि थकालीचोक सम्म मसाल जुलुस गरेका हुन।
थकालीचोकमा पुगेर परिणत कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समिति, रुपन्देहीको प्रबक्ता दीपक पौडेलले बिकास परियोजनाको बहानामा अमेरिकी सहयोगको रुपमा आउने भनिएको राष्ट्रघाती एम.सी.सी सम्झौता कुनै पनि हालतमा खारेज गरिनु पर्ने बताउनु भयो । एम.सी.सी. सम्झौता यदि संसदबाट अनुमोदन भयो भने नेपाल नेपाल नरहने बताउदै प्रबक्त पौडेलले एम.सी.सी परियोजना कुनै सहयोग र अनुदान नभई नेपालको श्रोत साधनमाथी कब्जा जमाउन अमेरिकी साम्राजयवादले गरेको लगानी भएको बताउनु भयो ।
संसदमा टेवुल भएको राष्ट्रघाती सम्झौता बिरुद्ध को को उभिन्छन भन्ने कुरा फागुन १२ गते थाहा हुने बताउदै यदि संसदमा नेपाली जनताका देशभक्त प्रतिनीधि छन कि अमेरिकी साम्राज्यवाद र भारतिय बिस्तारबादका दलालहरु छन भन्ने कुरा सारा नेपालीले थाहा पाउने प्रबक्ता पौडेले बताउनु भयो । हामी बिदेशी सहयोग र अनुदानको बिरोधी नभई देशको स्वाधिनता र सार्बभौमिकतामा आंच नआउने गरी बिना शर्त प्राप्त हुने बैदेशिक सहयोग स्वागत हुने तर नेपाल र नेपाली कानुन भन्दा माथी अमेरिकी परियोजना हुन्छ भने त्यसको निरन्तर बिरोध र प्रतिकार हुने नेता पौडेले बताउनु भयो ।
मसाल जुलुसमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी,क्रान्तीकारी माओवादी, राष्ट्रिय जनमोर्चा समन्वय समिति, देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमुक्ती,नेपाल कम्युनिष्ट पार्टी, एकिकृत समाजवादी नेपाल कम्युनिष्ट पार्टी समर्थित नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
