२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
--3758

ब्राउन सुगरसहित एक जना पक्राउ

ब्राउन सुगरसहित एक जना पक्राउ

बुधवार, फाल्गुण ११ २०७८
बुधवार, फाल्गुण ११ २०७८
  • बुटवल । नेपालगञ्जबाट  प्रहरीले  लागु औषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार बर्दिया बढैयाताल गाउँपालिका–१ शान्तिपुरका २४ वर्षीय प्रविण बिसीलाई १५० ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।

    उनका अनुसार सीमा क्षेत्रको निगरानीमा रहेको लागु औषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले बिसीको हिँडाइ शंकास्पद देखेपछि खानतलासी गर्दा ज्याकेटको दाहिने खल्तीमा तीनवटा प्लाष्टिकमा पोका पारी राखिएको ब्राउनसुगर बरामद भएको हो ।

    प्रहरीले बिसीको साथबाट तीन हजार नगदसमेत फेला परेको छ । उनी एक वर्षदेखि लागु औषध सेवन तथा कारोबारमा संलग्न रहेको खुलेको प्रहरीको दाबी छ । सीमावर्ती रुपैडिया बजारबाट भारतीय नागरिकलाई चार लाख रुपैयाँ दिएर उनले ब्राउन सुगर भारतीय बजार रुपैडिहामा खरिद गरि काठमाडौँ पठाउने गरी ल्याएको प्रारम्भिक अनुसनधानबाट खुलेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij