२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
--3756

लोकगायक जयनन्द लामा रहेनन्

लोकगायक जयनन्द लामा रहेनन्

बुधवार, फाल्गुण ११ २०७८
बुधवार, फाल्गुण ११ २०७८
  • बुटवल । लोकगायक तथा कलाकार जयनन्द लामा मृत अवस्थामा फेलापरेका छन् । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित सचेतमार्गमा बस्दै आएका ६६ वषीय लामा कारभित्रै मृत फेलापरेका हुन् ।

    प्रहरीका अनुसार लामा हिजो साँझ करिब ७ बजे ‘मिटिङ’मा सहभागी हुने भन्दै बौद्धतिर निस्किएका थिए । बौद्ध गएका लामा घर भने फर्कन पाएनन् । आज बिहान करिब ७ बजे आफ्नै घरअगाडि उनी बा३ च ७७४१ नम्बरको मारुती सुजुकी कारमा खुट्टा गाडीमा र शरीर घोप्टो परी टाउको भुइँमा जोतिएको अवस्थामा मृत फेलापरेका हुन् ।

    उनी राति २ बजे घरतर्फ आएको बताइएको छ । तर, आफन्तले बिहान हेर्दा उनी मृत फेलापरेका थिए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

    गायक लामा नेपाली चलचित्र क्षेत्रका पनि प्रसिद्ध कलाकार हुन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij