२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
--3754

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बुधवार, फाल्गुण ११ २०७८
बुधवार, फाल्गुण ११ २०७८
  • बुटवल । बर्दियामा बाघको आक्रमणबाट फेरि एक महिलाको ज्यान गएको छ। बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ को सैनावर गाउँकी एक महिलालाई बाघले आक्रमण गरेको हो।

    पाटेबाघको आक्रमणबाट ठाकुरबाबा ४ की अन्दाजी ४१ वर्षीय लिलि थारुको ज्यान गएको प्रहरीले जनाइएको छ।

    मंगलबार वेलुकातिर पाटेबाघले थारुलाई आक्रमण गरेको थियो।

    घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

    बाघ नियन्त्रणमा निकुञ्जले चासाे नदिएकाे भन्दै स्थानीय आक्राेसित भएका छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij