२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • एलआइसीद्वारा मृत्यु दावी बापत १८ लाख...
--3750

एलआइसीद्वारा मृत्यु दावी बापत १८ लाख प्रदान

एलआइसीद्वारा मृत्यु दावी बापत १८ लाख प्रदान

मंगलवार, फाल्गुण १० २०७८
मंगलवार, फाल्गुण १० २०७८
  • बुटवल । तिलोत्तमा, १० फागुन । लाइफ इन्स्योरेन्स कर्पोरेश (एलआइसी) नेपालले बर्दघाट -१६ नवलपरासी निबासी रवि कुमार कामु (थापा) को परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच एलआइसी नेपालकी बर्दघाट शाखा प्रवन्धक दृश्या पुरीले रविकुमारका बुबा ताराबहादुर कामु (थापा) लाई रकम हस्तान्तरण गरेकी हुन् । पाँच वर्षअघि एलआईसी नेपालमा १५ लाख रुपियाँको बिमा गरेका रविकुमार गत ंमंसिर २ गते आफ्नै निबासमा बिहान उठ्दा मृत अवस्थामा फेला परेका थिए ।

    उनका बुबा ताराबहादुरलाई मृत्यु दावी बापत १८ लाख ३६ हजार ७५० रुपियाँ प्रदान गरिएको एलआइसी नेपाल बर्दघाट शाखा प्रवन्धक पुरीले बताइन् । त्यस अवसरमा बोल्दै शाखा प्रवन्धक पुरीले जीवन बिमाले परिवारको आर्थिक सुरक्षामा महत्वपूणर् योगदान पुग्ने बताइन् । कार्यक्रममा एलआइसी नेपालका एजेन्सी म्यानेजर किशनबहादुर चौधरीले जीवन बीमाको महत्वका साथै यसका फाइदाहरुका बारेमा चर्चा गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij