२०८३, कार्तिक २० गते

Nov 05 2026

Logo

२०८३, कार्तिक २० गते | Nov 05 2026

images
--3749

एक चिनियाँ नागरिकसहित भक्तपुरबाट ८० जना पक्राउ

एक चिनियाँ नागरिकसहित भक्तपुरबाट ८० जना पक्राउ

मंगलवार, फाल्गुण १० २०७८
मंगलवार, फाल्गुण १० २०७८
  • बुटवल ।भक्तपुरबाट एक जना चिनियाँ नागरिकसहित ८० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४७ जना महिला र ३३ जना पुरुष रहेका महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु पाण्डेले जानकारी दिनुभयो ।

    एक चिनियाँ नागरिकले अवैध रूपमा कल सेन्टर सञ्चालन गरी नेपाली युवायुवतीलाई समेत प्रयोग गरेर अवैध क्रियाकलाप सञ्चालन गरिरहेको सूचनाका आधारमा सानो ठिमीको एक घरमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । 

    कल सेन्टरमार्फत भारतीय मूलका नागरिकलाई ऋण लगानी गर्ने र समयभित्र उठाउन कल सेन्टरमार्फत धम्क्याउने गरेको पाइएको उहाँले बताउनुभयो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij