२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • फास्ट ट्र्याक' काे काम २०८१ सालको...
--3748

फास्ट ट्र्याक' काे काम २०८१ सालको पुससम्म सकिने

फास्ट ट्र्याक' काे काम २०८१ सालको पुससम्म सकिने

मंगलवार, फाल्गुण १० २०७८
मंगलवार, फाल्गुण १० २०७८
  • बुटवल । नेपाली सेनाले काठमाण्डौ–तराई–मधेश द्रुत मार्ग अर्थात् फ्रास्ट ट्र्याककाे काम यो आर्थिक वर्षभित्र २१ प्रतिशत प्रगति हुने दाबी गरेको छ । सेनाले आज मङ्गलवार पत्रकार सम्मेलन गरेर यो आर्थिक वर्षभित्र २१ प्रतिशत र २०८१ सालको पुस महिनाभित्र फास्ट ट्र्याककाे काम सकिने जनाएको हो । 

    आयोजनाको मुख्य चुनौतीका रूपमा रहेको सुरुङ मार्ग र पुल निर्माणका लागि ठेक्का सम्झौता भएर काम सुरु भएकाले २०८१ सालको पुससम्म काम सम्पन्न हुने काठमाण्डौ–तराई–मधेश द्रुत मार्ग सडक आयोजनाका प्रमुख सहायक रथी विकास पोखरेलले जानकारी दिनुभयो ।

    ७२ दशमलव ५ किलोमिटर लामो द्रुत मार्गमा ६ किलोमिटर सुरुङ हुनेछ भने ८७ ठाउँमा बन्ने पुलको लम्बाइ १० किलोमिटर हुनेछ । ५५ किलोमिटर लम्बाइ सडकले ओगट्नेछ । ५५ किलोमिटरमध्ये ४४ किलोमिटर क्षेत्रमा सडकको काम ९० प्रतिशतसम्म डिजाइन लेभलमा आइसकेको उहाँले बताउनुभयो । 

    ललितपुरको खोकना क्षेत्रमा जग्गा मुआब्जा र वातावरणीय प्रभाव मूल्याङ्कनको समस्याका कारण ठेक्का लाग्नै नसकेको सेनाले जनाएको छ । द्रुत मार्ग आयोजनाका लागि चालु आथिक वर्षमा आठ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । अब सबैजसो कामले गति लिइरहेकाले आवश्यकताअनुसार सरकारले बजेट विनियोजन गरेमा र खोकनाको विवाद समाधान भएमा २०८१ सालसम्म काम सकिने सहायक रथी पोखरेलले जानकारी दिनुभयो । 

    नेपाली सेनाको क्षेत्राधिकार बाहिरका विषय पनि रहेकाले खोकना समस्या समाधानका लागि सरकार र संसद्को विकास समितिलाई जानकारी गराएको सेनाले जनाएको छ । उज्यालो बाट साभार

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij