कपिलवस्तु । नेकपा कपिलवस्तुका नेता गणेश चौधरी रिहा हुनुभएको छ ।
सरकारले नेकपामाथि प्रतिबन्ध लगाएको समय गिरफ्तार गर्नुभएका नेता चौधरी १८ महिनापछि जेलमुक्त हुनुभएको हो ।
जेलमुक्त भएपछि नेकपाले जिल्लामा चौधरीलाई स्वागत गरेको छ । स्वागत कार्यक्रममा नेकपाका नेताहरु सुनिल, शेरमान र स्थानीय पार्टी एवं जनताले भव्य स्वागत गरेका छन् ।
सोमबार जिल्ला अदालतमा चौधरीको तर्फबाट अधिवक्ता ज्ञानु केसी र ओमप्रकास अर्यालले बहस गर्नुभएको थियो ।
