२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • पाँच सांस्कृतिक संगठनले एमसीसीविरूद्व संयुक्त प्रतिरोध...
--3736

पाँच सांस्कृतिक संगठनले एमसीसीविरूद्व संयुक्त प्रतिरोध सभा गर्ने

पाँच सांस्कृतिक संगठनले एमसीसीविरूद्व संयुक्त प्रतिरोध सभा गर्ने

मंगलवार, फाल्गुण १० २०७८
मंगलवार, फाल्गुण १० २०७८

  • बुटवल । नेकपा निकट सांस्कृतिक संगठन अखिल नेपाल जनसांस्कृतिक महासंघसहित पाँच सांस्कृतिक संगठनले एमसीसी विरुद्ध सांस्कृतिक प्रतिरोध सभा गर्ने भएको छ । 


    सोमबार संयुक्त वक्तव्य जारी गर्दै अमेरिकी रणनीतिक परियोजनाविरुद्धको आन्दोलनलाई अझ सशक्त बनाउन सम्पूर्ण प्रगतिशील तथा क्रान्तिकारी संस्कृतिकर्मी एवम् देशभक्त नागरिकसमक्ष हामी जोडदार अपिल गर्दै प्रतिरोध सभा गर्न लागेको हो । 


    वक्तव्यमा राष्ट्रघाती एमसीसीका विरुद्ध सङ्घर्षरत राजनीतिक दल, विभिन्न सङ्घ–संस्थाहरूको प्रतिरोधात्मक अभियानलाई विभिन्न सांस्कृतिक घटकका तर्फबाट हार्दिक ऐक्यवद्धता जाहेर गर्दै आत्मघाती एमसीसी कम्प्याक्टका विरुद्ध सशक्त प्रतिरोधमा उत्रन आह्वान् पनि गरिएको छ ।


    वक्तव्यमा नेकपा निकट सांस्कृतिक संगठन अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष माइला लामा, नेकपा क्रान्तिकारी माओवादी निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारी, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष रेम राना, अखिल नेपाल सांस्कृतिक युनियनका अध्यक्ष राजेश बान्तवा र अखिल नेपाल जनसांस्कृतिक सङ्घका अध्यक्ष बिहानी विकले हस्ताक्षर गर्नुभएको छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij