२०८३, मंसिर १ गते

Nov 16 2026

Logo

२०८३, मंसिर १ गते | Nov 16 2026

images
  • खेलकुद
  • समूह ‘बी’ मा रहेको नेपाल समूह...
--3735

समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

सोमवार, फाल्गुण ९ २०७८
सोमवार, फाल्गुण ९ २०७८
  •  

    बुटवल । नेपाल आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा प्रवेश गरेको छ ।

    ओमानको अल अमेरातमा सोमबार क्यानडालाई ८ विकेटले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो ।

    क्यानडालाई हराएसँगै छनोटको समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बन्यो । नेपालले ३ खेलमा ३ जितसहित ६ अंक जोड्यो ।
    ओमान ३ खेलमा ४ अंक जोडेर समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । क्यानडा र फिलिपिन्स बाहिरिएको छ ।

    अब नेपालले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता युएईसँग भोलि मंगलबार खेल्नेछ। यस्तै ओमानले ‘ए’ को विजेता आयरल्याण्डसँग खेल्नेछ ।

    फाइनल प्रवेश गर्ने टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।
    क्यानडाले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।

    नेपालको जितमा कुशल भुर्तेलले अविजित ३४ रन जोड्दा दिपेन्द्र सिंह ऐरीले अविजित रहदै २७ रन बनाए ।आशिफ शेख १७ तथा कुशल मल्ल सुन्य रनमा आउट भए । क्यानडाका कलिम साना र सलमान नाजरले एक एक विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानाडाले १५ ओभरमा अलआउट हुदै ८० रन बनाएको थियो ।

    क्यानाडाका डिलोन हेलिगरले सर्वाधिक २४ रनको योगदान गरे । कप्तान नभनित धलिवालले १८ रन जोडे । रयान पठानले १४ रनको योगदान गरे ।
    नेपालका कप्तान सन्दीप लामिछानेले १२ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए । अविनाश बोहरा र कमल सिंह ऐरीले दुई–दुई विकेट हात पारे । कुशल मल्लले एक विकेट लिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij