मकवानपुर। मकवानपुर जिल्ला समितिको मिती २०७८ मंसिर १०गते बसेको सचिवालय बैठकबाट जिल्ला कमिटी सदस्यहरुलाई जिम्मेवारीबाट हटाइएको छ।
हाम्रो महान् तथा जनप्रिय पार्टीे नेपाल कम्युनिस्ट पार्टी मकवानपुर जिल्ला समितिको मिती २०७८ मंसिर १०गते नै बसेको सचिवालय बैठकबाट जिल्ला समिति सदस्य रामशरण कार्की, उमेश गुणी र शिव पौडेल सहित तीनै जना लामो समयदेखि विभिन्न कारण देखाई पार्टी सम्पर्कमा नरही निष्क्रिय रहेको र संसदवादी पार्टीसँग साँठगाँठ गरिरहेकोले जिल्ला कमिटी सदस्यबाट र राष्ट्रिय जनसरोकार मञ्च नेपालको जिम्मेवारीबाट समेत हटाइसकेको जानकारी जिल्ला इन्चार्ज क. नयन र जिल्ला सेक्रेटरी क. वाटरको हस्ताक्षरित प्रेस विज्ञप्ति बाट प्राप्त भएको छ।
साथै हाल राष्ट्रिय जनसरोकार मञ्च नेपाल मकवानपुरको संयोजक सागर कडेंल रहेको समेत विज्ञप्तिमा जनाइएको छ।

