२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • पाल्पामा नेकपासहित ३ दलले ज्ञापनपत्र बुझायो...
--3725

पाल्पामा नेकपासहित ३ दलले ज्ञापनपत्र बुझायो

पाल्पामा नेकपासहित ३ दलले ज्ञापनपत्र बुझायो

आइतवार, फाल्गुण ८ २०७८
आइतवार, फाल्गुण ८ २०७८
  • पाल्पा । अमेरिकी सहयोग परियोजना एमसीसी सदनमा टेबुल नगर्न दवाव दिदै पाल्पामा नेकपासहित नेकपा क्रान्तिकारी माओवादी, राष्ट्रिय जनमोर्चा र नेकपा मालेले सिडियोमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिएको छ । 

    ज्ञापनपज्ञमा एमसीसी परियोजना हिन्द प्रशान्त रणनीतिको अंग भएको भन्दै यसले नेपालको स्वाधीनता र सार्वभौमसत्तामाथि गम्भीर हस्तक्षेप गरेको बताइएको छ । ज्ञापनपत्र बुझाउन नेकपा केन्द्रीय सदस्य एवं पाल्पा गुल्मी इन्चार्ज अपेक्षा, राजमो जिल्ला अध्यक्ष विशाल दर्लामीलगायतको उपस्थिति रहेको थियो । 

    यस्तो छ ज्ञापनपत्र

    सम्माननिय प्रधानमन्त्रीज्यु,
    मन्त्रिपरिषदको कार्यालय सिंहदरबार, काठमान्डौ
    मार्फत,
    प्रमुख जिल्ला अधिकारिज्यु,
    जिल्ला प्रशासन कार्यालय, पाल्पा

    बिषय : ज्ञापन पत्र ।

    अमेरिकाले अनुदानको नाममा नेपालको संसदबाट पास गराएर लागु गर्न खोजेको बिबादित एमसिसी परियोजनाको बिषयले देशमा ठुलो संकट पैदा
    भएको छ । एमसिसीकै बिषयलाई लिएर देश दुई धुर्बमा बिभाजित हुने कुरा दुःखको बिषय बनेको छ । देशका सम्पूर्ण देशभक्त,प्रगतिशिल शक्तिहरु तथा
    आम नागरिकहरुले यतिबेला आन्दोलन गरिरहेका छन । जसरी अमेरिकाले एमसिसी संसदबाटै पास गराएर कार्यन्वयन गराउन खोज्नुको पछाडि अमेरिकाको सुरक्षा नीती मान्नुपर्ने, अमेरिकाको प्रचलित कानुन मान्नुपर्ने, एमसिसी परियोजना लागु गर्दै गर्दा नेपालको कानुन बाझिन गएमा अमेरिकाको कानुन मान्नुपर्ने, एमसिसी परियोजनाको लेखा परिक्षण नेपालीले गर्न नपाईने तथा परियोजनामा काम गर्ने बिज्ञहरुको नागरिकता नेपाल सरकारले हेर्न नपाउने तथा खुल्ला बजार अर्थनिती मान्नुपर्ने
    लगायतका बिषय हेर्दा उक्त एमसिसी परियोजना नेपालको सार्बभौमसत्ता तथा अखन्डताका बिरुद्द छ भन्ने कुरा स्वतः प्रष्ट हुन्छ । कुनैपनि मुलुकले दिने
    सहायता,सहयोग वा अनुदान लिन वा नलिन नेपाल स्वतन्त्र छ । आफ्नो मुलुक अहित हुने बिकास परियोजनालाई अस्विकार गर्दा त्यो बिकास परियोजना लिन
    कुनैपनी मुलुकले नेपाललाई वाध्य पार्न वा धम्क्याउन मिल्दैन । एमसिसी परियोजना अमेरिकाको हिन्द प्रशान्त सैन्य राणनीतीक अब हो । नेपाल
    अमेरिकाको पक्ष लिएर चीनका बिरुद्द वा चिनको पक्ष लिएर अमेरिकाको धुरिमा सब्लग्न हुने मुलुक होइन । नेपाल कुनैपनी सैन्य गठबन्धनमा सब्लग्न नहुने
    पररास्ट्र निती भएको मुलुक हो । तसर्थ हामी पाल्पा स्थित तपसिलका राजनीतिक दलहरु राष्ट्रघाती एमसिसी परियोजना खारेजिको माग गर्दछौ ।
    त्यसकारण नेपालको अहितमा रहेको एमसिसी परियोजना संसदमा टेबल नगर्नका निम्ती नेपाल सरकारका प्रधानमन्त्रीलाई यसै ज्ञापन पत्र मार्फत चेतावनी दिन चाहन्छौ । साथै पाल्पा जिल्लाका जनप्रतिनिधीहरुलाई उक्त परियोजनाको बिपक्षमा उभिनका निम्ती खबरदारी गर्दछौ ।

    १. बिशाल दलार्मी, अध्यक्ष ,राष्ट्रिय जनमोर्चा,पाल्पा

    २. भुवन जिसी, सचिब,नेपाल कम्युनिष्ट पार्टि,पाल्पा

    ३. लिला श्रेष्ठ, सचिब, नेकपा(क्रान्तिकारी माओबादि),पाल्पा

    ४. धनराज पौडेल, अध्यक्ष, नेकपा माले,पाल्पा

     

     

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij