२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
--3721

पोखरामा भारी असिना पानी बर्षा

पोखरामा भारी असिना पानी बर्षा

आइतवार, फाल्गुण ८ २०७८
आइतवार, फाल्गुण ८ २०७८
  • बुटवल । आज आइतवार मध्यान्न करीब २ बजे देखि पोखरामा अत्यधिक बर्षा संगै असिना पानी परेको हो । पोखराका केही स्थानमा वर्षासहित झण्डै एक फिट भारी असिना परेको  स्थानीयले बताएका छन् ।

    अत्याधिक मात्रामा असिना परेपछि पोखराका सडक नै सेताम्मे भएको छ। पानीसँगै परेको असिनाले अन्न तथा तरकारी बारीमा क्षति पुर्‍याएको छ। साथै सडकमा पार्किङ गरिएको सवारी साधनमा समेत क्षति पुगेको छ । असिनाले सडक सेताम्ये भएपछि युवायुवतीहरु फोटो खिच्न बाहिर निस्केका छन् ।

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पोखरा लगायत देशका विभिन्न भूभागमा पानीसहित असिना परिरहेको मौसमविद्ले बताएको छ ।
    अबका एक–दुई दिन देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    उक्त प्रणालीको प्रभावले रातिको समयमा देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुने र देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावनाका साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ । सोमबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij