बुटवल । दाङमा एमसीसीविरुद्ध व्यापक बिरोध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ गरिने भएको छ ।
नेकपा सहित कृयासिल ३ कम्युनिस्ट पार्टी र २ मोर्चाको संयुक्त आयोजनामा आज सो विरुद्ध बिरोध प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने नेकपा दाङले जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चा नेपाल र नेकपा ( माले) को संयुक्त आयोजनामा कार्यक्रम हुने छ।
