२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • युवा संगठन म्याग्दीद्वारा एमसीसीमा मतदान नगर्न...
--3712

युवा संगठन म्याग्दीद्वारा एमसीसीमा मतदान नगर्न सांसदलाई सुझाव पत्र

युवा संगठन म्याग्दीद्वारा एमसीसीमा मतदान नगर्न सांसदलाई सुझाव पत्र

शनिवार, फाल्गुण ७ २०७८
शनिवार, फाल्गुण ७ २०७८
  • बेनी । एमसीसी सम्झौता देशको लागि राष्ट्रघाती रहेकाले युवा संगठन नेपालले देशभरका संघीय प्रतिनिधि सभा सदस्यहरूलाई एमसीसी सम्झौताको विपक्षमा भोट गर्न सुझाव पत्र बुझाइरहेको छ । म्याग्दी जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने नेकपा एमालेका नेता तथा संघीय सांसद भुपेन्द्र थापाको घरपरिवारलाई भेटी सुझाव पत्र बुझाएका छन् ।

    युवा संगठन नेपालको केन्द्रीय कार्यक्रम अनुसार देशभरका संघीय प्रतिनिधि सभा सदस्यहरुलाई मेल गरेर, प्रत्यक्ष भेटेर र घरपरिवारमार्फत एमसीसी सम्झौताको विपक्षमा भोट गर्न भनि सुझाव पत्र बुझाइ रहेको संगठनका अध्यक्ष पाटन जंगलीले बताएका छन् । अमेरिकी साम्राज्यवादी रवैया र एमसीसी सम्झौतामा उल्लेख गरिएका प्रावधानहरुले देशलाई तत्कालीन, मध्यकालिन र दीर्घकालीन असरहरु गर्ने भएकोले एमसीसी सम्झौताको विपक्षमा आफ्नो मत जाहेर गर्न सुझाव दिएको उनले बताए ।

    सुझाव पत्रमा लेखिएको छ, `एमसीसी सम्झौताको विषयमा देशका ठूला दल र तिनका नेताहरुले खेलेको भूमिकाले जनतालाई निराश बनाएको छ । संसदिय व्यवस्थाभित्र रहेका दल र तिनका नेतृत्वहरुले सबै प्रकारका अस्त्रहरु प्रयोग गरेर भएपनि पास गर्नु पर्छ भन्ने कुराले साम्राज्यवादको गुलाम गरेको प्रष्ट हुन्छ । यो सम्झौता विगतमा गरिएका राष्ट्रघाती सन्धी सम्झौता भन्दा पनि खतरानाक सम्झौताको रुपमा रहेको छ । यस सम्झौतालाई दुई प्रकारले हेर्नु पर्दछ । पहिलो प्राविधिक कोणबाट र अर्को राजनीतिक तथा कुटनीतिक आयामबाट हेर्नु पर्दछ । यस सम्झौताको विषयमा संसदमा बहस गर्नु भन्दा पहिले तपाईहरुलाई जनताको तर्फबाट अनुरोध गर्दछौँ, कि विगतमा जोडबलका साथ पास गरिएका महाकाली, गण्डक, कोशी, टनकपुर आदि सन्धी सम्झौताहरुले देशलाई के दियो, र दिन बाँकी के छ रु यसको जवाफ जनतालाई अनिवार्य दिनु पर्दछ । जनताको प्रतिनिधित्व गरेको हैसियतले जवाफ माग्ने पहिलो कर्तव्य तपाईको हुनेछ ।

    तपाईलाई जनताले जुन विश्वास र भरोसाका साथ आफ्नो अमुल्य मत जाहेर गरेका छन्, त्यसको सहि कदर गर्नु हुनेछ । एमसीसी जस्तो राष्ट्रघाती विषयमा तपाई दुबिधामा पर्नुहुने छैन । एमसीसीले देशलाई राष्ट्रिय युद्ध र गृह युद्धमा धकेल्ने छ । यसबाट नेपाली र नेपालले ठूलो जनधनको क्षति बेहोर्नु पर्ने अनिवार्य छ । यस्तो प्रकारको क्षेती हुनबाट देशलाई बचाउन तपाईको महत्त्वपूर्ण र निर्णायक भूमिका रहनेछ । तसर्थ एमसीसी सम्झौताको विपक्षमा यहाँको मत रहनेछ भन्नेमा आम जनता विश्वस्त छन् ।´

    सुझाव पत्र बुझाउने कार्यक्रम देशैभरीका सबै जिल्लामा सम्पन्न गरिने युवा संगठन नेपालका अध्यक्ष पाटनले जानकारी दिए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij