कपिलवस्तु । कपिलवस्तु जिल्लाको ३ स्थानमा एमसीसी विरुद्ध विरोध कार्यक्रम सम्पन्न भएको छ । वक्ताहरुले एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै यसको खारेजीको विकल्प नभएको बताएका छन् ।
बाणगङ्गा नगरपालिकाको पचेहरामा भएको बिरोध सभामा नगर सेक्रेटरी शेरमानले सम्बोध गर्नुभएको थियो ।
जिल्लाको बिजयनगर स्थित रहेको फरेनीमा भएको कोणसभालाई सम्बोधन गर्दै शिवराज नगरपालिका सेक्रेटरी पावेलले सम्बोधन गर्नुभएको थियो ।
यसैगरि बुद्धभुमी नगरपालिकाको पत्थरकोटमा नेकपा र राष्ट्रिय जनमोर्चाको संयुक्त बिरोधसभामा नेकपा बुद्धभुमी नगर सेक्रेटरी ममताले सम्बोध गर्नुभएको थियो ।
