मुक्ति गैरे/माेहन निवाङ,पाल्पा फागुन ६ गते/ पाल्पामा MCC विरुद्ध ६ दलले काेणसभा कार्यक्रम सम्पन्न गरेको छ । MCC सम्झौता विरुद्ध गरिएको अाजकाे प्रदर्शन कार्यक्रम तानसेनकाे बर्तुङ्ग चाेकमा भएको थियोे ।
प्रदर्शनलाई सम्बाेधन गर्दै राष्ट्रिय जनमाेर्चाका पाल्पा अध्यक्ष विशाल दर्लामि राष्ट्र प्रेमि शक्तिहरु देश बचाउन पार्टी भन्दा माथि उठेर लाग्नुपर्ने बताउनुभयो । उहाँले नेपाली काँग्रेसले एमसिसि पास गर्न लागेकोमा अापत्ति जनाउदै भन्नुभयो यदि एमसिसि पास गरिए जनताले एमसिसिका र पास गर्ने दलका कार्यलयहरु ध्वस्त गर्ने बताउनुभयो । उहाँले एमाले कम्युनिस्ट भएर पनि एमसिसिका बिषयमा चु समेत नबाेलेकाेमा अाश्चर्य लागेको बताउनुभयो उहाँ अझै कम्युनिस्ट बनेर हिडिराख्न अब एमालेलाई कुनै नैतिकता समेत नदिएको बताउनुभयो । उहाँले माअाेवादि केन्द्र भुमिगत शैलीमा एमसिसि पास गराउन लागि परेको बताउनुभयो ।
माअाेवादिका केही प्रदर्शनहरु बार्गेनिङका लागि भएको समेत बताउनुभयो । उहाँले मुख्य दलका नेतृत्वहरु कारण देश संकटमा पर्न लागेको हुँदा अाम जनसमुदाय अान्दोलनमा उठ्नु पर्ने बताए । उक्त कार्यक्रम संचालन नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य लंक बहादुर रानाले गर्नु भएको थियोे भने कार्यक्रम प्लेकार्ड सहित नेता कार्यकर्ताहरुकाे उपस्थितिमा सम्पन्न भएको भनेर नाराबाजी पनि गरिएको थियोे ।
