नवलपुर/नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपाल नवलपुरले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । आफुहरुले एमसीसी सम्झौता राष्ट्रघाती रहेको हुनाले राष्ट्रघाती सम्झौता गरेर देश चलाउन नहुने भन्दै चन्दा उठाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाई प्रतिकात्मक विरोध गरेको संगठनका जिल्ला अध्यक्ष अविनाशले बताए ।
एमसीसी परियोजना खारेज गरियोस् , पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि नियन्त्रण गरियोस् , युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गरियोस् , कालोबजारी नियन्त्रण गरियोस् , बढदो लागुऔषध दुर्व्यसन नियन्त्रण गरियोस् लगाएतका मागहरु ज्ञापनपत्रमा समावेश गरिएको छ ।

