२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • एमसीसी सम्झौताको विरुद्धमा नवलपुरमा संयुक्त संघर्ष...
--3698

एमसीसी सम्झौताको विरुद्धमा नवलपुरमा संयुक्त संघर्ष विरोध

एमसीसी सम्झौताको विरुद्धमा नवलपुरमा संयुक्त संघर्ष विरोध

शुक्रवार, फाल्गुण ६ २०७८
शुक्रवार, फाल्गुण ६ २०७८
  • नवलपुर/राष्ट्रघाती एमसीसी सम्झौताको विरुद्धमा नेत्रविक्रम चन्द ( विप्लव ) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहित ६ राजनितिक दलले नवलपुरको सदरमुकाम कावासोतीमा विरोध प्रदर्शन गरेको छ । केन्द्रीय कार्यक्रम अनुसार जिल्लामा पनि एमसीसीको विरुद्धमा शसक्त रुपमा विरोध प्रदर्शन गरिएको नेपाल कम्युनिष्ट पार्टीका विशेष कमिटी सदस्य विश्वासले जानकारी दिए । प्रदर्शनमा नेपाल कम्युनिष्ट पार्टी , नेकपा ( क्रान्तिकारी माओवादी ) , लगायत दलका नेता कार्यकर्ताका साथै स्थानिय जनताको बाक्लो उपस्थिति रहेको थियो । 

    कार्यक्रममा बोल्दै नेकपा ( क्रान्तिकारी माओवादी ) पोलिटब्युरो सदस्य अनुकुलले एमसीसी सम्झौता लागु गरि सरकारले देशमा अमेरिकी सेनाको क्याम्प खडा गर्न खोजेको आरोप लगाए । त्यस्तै कार्यक्रमका अर्का वक्ता नेपाल कम्युनिष्ट पार्टीका विशेष कमिटी सदस्य विश्वासले राष्ट्रघाती एमसीसी सम्झौता सदनबाट पास गरिएमा एमसीसी पक्षधर नेताहरुलाई जनताले धुलिसात बनाउने बताए । कावासोती फलफूल चोकबाट सुरु भएको विरोध र्याली राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर , राष्ट्रिय स्वाधीनताको रक्षा गरौं , विदेशी दलालहरु होशियार लगाएतका नारा लगाउँदै सभापति चोकमा आई कोणसभामा परिणत भएको थियो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij