बुटवल । नेकपासहित ५ दलद्धारा बुटवलमा एमसीसीविरुद्ध प्रदर्शन गरिएको छ । पुष्पलालचोकबाट सुरु भएको विरोध र्यालीमा ५ दलका नेता कार्यकर्ताहरु एमसीसीविरुद्ध नाराबाजी सहित प्रदर्शन गरिरहेका छन् ।
विरोध कार्यक्रममा स्वतःस्फुर्त जनता समेत सहभागिता भएका छन् । एमसीसी परियोजना र सरकारका विरुद्ध नाराबाजी सहित जुलुसले बजार परिक्रमा गरेको छ ।
बन्दको समर्थनमा बजारका व्यवसायी, उद्योगी, यातायात क्षेत्र, शैक्षिक संस्थाहरुले आ–आफ्नो कार्यालयहरु बन्द गरेका छन् ।
जनताका अत्यावश्यक एम्बुलेन्स, दुधका गाडी, बारुणयन्त्रलगायतका सवारी साधनहरु निर्बाध रुपमा चल्नदिने संयुक्त संघर्ष समितिले बताएको छ ।
