२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • संसद बैठकमा नाराबाजी, एमसीसीबारे अलमल, गठबन्धन...
--3674

संसद बैठकमा नाराबाजी, एमसीसीबारे अलमल, गठबन्धन बसेर सहमति खोजिने

संसद बैठकमा नाराबाजी, एमसीसीबारे अलमल, गठबन्धन बसेर सहमति खोजिने

बुधवार, फाल्गुण ४ २०७८
बुधवार, फाल्गुण ४ २०७८
  • बुटवल । प्रतिनिधिसभाको बैठक संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ। केही बेरअघि सुरु भएको संसद बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले नाराबाजीलाई निरन्तरता दिएको छ। 

    सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नेबित्तिकै एमाले सांसदहरु आफ्नो स्थानबाट उठेर वेल घेराउ गर्दै नाराबाजीमा उत्रिएका हुन्। उनीहरुले गैर सांसदहरुलाई निषेध गर, संवैधानिक सर्वोच्चता कायम गर, संसदमा भेदभावपूर्ण व्यवहार बन्द गर जस्ता नारा लगाइरहेका छन्। 

    प्रधानमन्त्री शेरबहादुर देउवा आजको संसद् बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसी नलान सहमत भएका छन्।

    भोलि दिउँसो गठबन्धनका शीर्ष नेताको बैठक

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि देउवा एमसिसी संसद्‌मा नलान सहमत भएका हुन्।  देउवा र प्रचण्डबीच भोलि ३ बजे गठबन्धनका शीर्षस्थ नेताहरूको बैठक बस्ने सहमति बनेको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले बताइन्। 

    बिहान बसेको माओवादीको संसदीय दलको बैठकले जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकार र गठबन्धन दुवै छाड्ने निर्णय गरेको थियो।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij