बुटवल । नेकपा सहित पाँच पार्टी र एक मोर्चाको संयुक्त आयोजनामा आव्हान गरिएको नेपाल बन्दको क्रममा बन्दकर्ता र प्रहरीबीच माइतीघरदेखि नयाँ बानेश्वरबीचको सडकमा पटक झडप भएको छ ।
माइतीघर मण्डलाबाट एमसीसीका विरुद्ध नाराबाजीसहित संसद भवनतर्फ अगाडि बढेको जुलुसमाथि प्रहरीले हस्तक्षेप गर्दा पटक पटक झडप भएको छ । बन्दकर्ताको जुलुस प्रहरी हस्तक्षेपका बाबजुद प्रहरी घेरा तोड्दै संसदभवन तर्फ अगाडि बढिरहेको छ ।
माइतीघरदेखि नै प्रहरीले बन्दकर्तालाई रोक्ने प्रयास गरेपछि नेकपाका कार्यकर्ताहरुसित झडप भएको छ । झडपको क्रममा पुरुष प्रहरीले महिला बन्दकर्तालाई लछारपछार पारेपछि बन्दकर्ता प्रहरीमाथि आक्रोसित बनेका थिए ।
नेकपा र ५ दलीय मोर्चाका नेता कार्यकर्ता सडमा उत्रिएका छन् । एमसीसी चाहिदैन, देश बेच्न पाइदैन, दलालहरु होशियार, अमेरिकी साम्राज्यवाद मुर्दावाद लगायतका नाराहरु जुलसमा चर्काे स्वरमा लगाइएको छ ।
