प्रकाश बहादुर थापा/डोटी नेपाल कम्युनिस्ट पार्टीका सहयक संगठन युवा संगठन नेपाल डोटीका अध्यक्ष सुशिल मलासी र अखिल (क्रान्तिकारी) जिल्ला कोषाध्यक्ष योगेन्द्र थापालाई सिलगढी डोटीको जिरोप्वाइन्टबाट गिरफ्तार गरी जिल्ला प्रहरी कार्यलय सिलगढी डोटीमा राखिएकाे जानकरी प्राप्त भएको छ I
शान्तिपुर्ण कार्यक्रम गरिएको अवस्था गिरफ्तार गरेर हामीलाइ उतेजित बनाउन खोजिएको हुदाँ गिरफ्तार गरिएका नेता/कार्यकर्ता तु रिहा नगरिएको कडा आन्दोलनमा जान वाध्य हुने नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिवालय सदस्य तथा दिपायल सिलगढी नपा इन्चार्ज कृष्ण बहादुर बोहराले बताएका छन ।
