२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • एमसीसीविरूद्व नेपाल बन्दको कारण संसद भवन...
--3669

एमसीसीविरूद्व नेपाल बन्दको कारण संसद भवन प्रहरी घेरामा

एमसीसीविरूद्व नेपाल बन्दको कारण संसद भवन प्रहरी घेरामा

बुधवार, फाल्गुण ४ २०७८
बुधवार, फाल्गुण ४ २०७८
  • बुटवल । अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौताविरुद्ध आज विभिन्न राजनीतिक दलहरूले नेपाल बन्दको आयोजना गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, वैज्ञानिक समाजवादी पार्टी र नेकपा माओवादी केन्द्र समाजवादी तथा देशभक्त गणतान्त्रिक मोर्चा नेपालले आज देशव्यापी बन्द आह्वान गरेका हुन्।  बन्दको प्रभाव कम गर्न र क्षति हुन नदिन माइतीघर -नयाँ बानेश्वर क्षेत्रमा उच्च सुरक्षा व्‍यवस्था गरिएको छ।

    काठमाडौंबाट २१, भक्तपुरबाट ३ र ललितपुरबाट १२ जनालाई प्रहरीले बिहानै पक्राउ गरेको जनाएको छ।  बिहानै ३ जनाले कोटेश्वर चोकमा ट्याक्सी जलाउने प्रयास गरेका थिए। अहिलेसम्म अवस्था सामान्य नै रहेको महानगरीय प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए। 

    बन्द घोषणालाई मध्यनजर गरी उपत्यकाको चोक-चोकमा र संसद भवन अगाडी बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल बन्द भनिए पनि उपत्यकामा सवारी आवागमन पनि सामान्य नै रहेको ट्राफिक प्रहरीले जनाएको छ।

    आजको संसद् बैठक बस्दैछ। आजको संसद् बैठकमा एमसिसीको प्रस्ताव टेबल हुने कि नहुनेबारे अहिलेसम्म केही खुलाइएको छैन।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij