भानु चापागाईं / नवलपुर/नेपाल कम्युनिष्ट पार्टी सहित ६ दलले आव्हान गरेको बन्दको असर नवलपुर जिल्लामा बिहानै देखि पूर्ण रुपमा परेको छ ।
बन्दका कारण यातायात, पसल, बजार , विद्यालय तथा उद्योगहरु ठप्प भएका छन् । गैंडाकोट, देवचुली, कावासोती, चोरमारा लगायतका बजार क्षेत्रमा बाक्लो रुपमा प्रहरी परिचालन गरिएको छ । बन्दकर्ता द्धारा जिल्लाको विभिन्न ठाउँहरूमा सडकमा टायर बालि सडक अवरुद्ध पारेका छन् ।
जिल्लाको सदरमुकाम कावासोतीमा बन्दको पूर्ण प्रभाव परेको छ । बन्दका कारण पुर्व पश्चिम राजमार्गमा चल्ने लामो दुरीका सवारीसाधनहरु चलेका छैनन् । राष्ट्रघाती एमसीसी सम्झौता सदनबाट पास गर्न थालिएको बिरुद्धमा ६ दलले आज नेपाल बन्दको कार्यक्रम गरेको हो ।
