२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • एमसीसी विरुद्व नेपाल बन्द : सुदुरपश्चिम...
--3666

एमसीसी विरुद्व नेपाल बन्द : सुदुरपश्चिम प्रदेशमा बन्दको पूर्ण प्रभाव

एमसीसी विरुद्व नेपाल बन्द : सुदुरपश्चिम प्रदेशमा बन्दको पूर्ण प्रभाव

बुधवार, फाल्गुण ४ २०७८
बुधवार, फाल्गुण ४ २०७८
  • प्रकाश थापा/ कैलाली नेपाल कम्युनिस्ट पार्टी लगायतका राजनैतिक दलहरुले गरेको १ दिने नेपाल बन्द सुदुरपश्चिम प्रदेशको सबै जिल्लामा व्यापक प्रभाव परेको सुचना प्राप्त भएको छ डोटी जिल्ला सदरमुकाम सिलगढी र दिपायल सबै बजार ठप्पै बन्द र सुनसान भएको युवा संगठन नेपाल डोटी जिल्ला अध्यक्ष सुशिल मलासीले बताएका छन् । 

    त्यसैगरी डडेलधुरा जिल्ला सदरमुकाम अमरगढी नपा परशुराम नपा लगायत सम्पूर्ण जिल्लाभरी बन्द भएको अखिल(क्रान्तिकारी) डडेलधुरा अध्यक्ष गणेश बोहराले जनाएका छन। यसरी नै कन्चनपुर,अछाम,बजुरा,बझाङ,बैतडी,दार्चुला र कैलाली सबै सुदुरपश्चिम प्रदेशको ९ जिल्लामा नेपाल बन्दको व्यापक प्रभाव परेको नेपाल कम्युनिस्ट पार्टीका नेताहरु मार्फत जानकरी प्राप्त भएको छ ।

    आज एम.सि.सि.परियोजना संसदमा टेबुल हुन लागेको विरुद्धमा नेपाल कम्युनिस्ट पार्टी लगायतका राजनैतिक दलहरुद्वरा एक दिने नेपाल बन्द आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टीका विशेष कमिटी सदस्य बिमल धामीले बताइएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij