पाल्पा । पाल्पामा नेपाल बन्दको पूर्ण प्रभाव परेको छ । एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै नेकपा सहित ५ दल र मोर्चाले आज नेपाल बन्दको आयोजना गरेको थियो । बन्दले तानसेन बजार, रामपुरलगायतका बजार क्षेत्र, यातायात, उद्योग, शैक्षिक संस्थाहरु पूर्ण बन्द रहेका छन् ।
एमसीसी सम्झौता संसदबाट पास गराउन प्रयत्न गरिएकोले यसको खारेजीका लागी नेपाल बन्दको आयोजना गरिएको नेकपा केन्द्रीय सदस्य एवं पाल्पा गुल्मी इन्चार्ज अपेक्षाले बताउनुभएको छ । उहाँले शान्तिपूर्ण बन्द कार्यक्रममाथि सरकारले दमन नगर्न चेतावनी दिनुभएको छ ।
जिल्लामा बन्दको प्रभाव रैनादेवी छहरा, माडी, दोभान, अर्गली लगायतका क्षेत्रमा बन्दको पूर्ण प्रभाव परेको छ । बन्दको क्रममा अहिलेसम्म कुनै अप्रिय घटना घटेको छैन ।
फोटो : मुक्ति गैरे
