२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • नेपाल बन्द उलंघन गरेको आरोपमा कृषि...
--3660

नेपाल बन्द उलंघन गरेको आरोपमा कृषि मन्त्रालयको गाडी तोडफोड

नेपाल बन्द उलंघन गरेको आरोपमा कृषि मन्त्रालयको गाडी तोडफोड

बुधवार, फाल्गुण ४ २०७८
बुधवार, फाल्गुण ४ २०७८
  • बुटवल । नेपाल बन्दको क्रममा देशभर एमसीसी विरुद्ध आक्रोश पैदा भएको छ । नेकपासहित ५ दल र मोर्चाले गरेको नेपाल बन्दको क्रममा देशभक्त जनता समेत सडकमा उत्रिएका छन् । यसक्रममासुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गाडी तोडफोड भएको छ । बुधवार बिहान नेपाल बन्द गराउँदै हिँडेका बन्दकर्ताहरूले सो गाडीलाई बाँकेको कोहलपुरमा तोडफोड गरेका हुन् । 

    बन्दकर्ताले ढुंगा प्रहार गर्दा ००१ झ ४०१ नम्बरको गाडीको सिसा फुटेको ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर हिमालय साहले लोकान्तरलाई जानकारी दिए । काठमाडौंबाट सुदूरपश्चिम प्रदेश जाँदै गरेको सो गाडीलाई कोहलपुरमा बिहान ५ बजेर २९ मिनेट जाँदा ढुंगा प्रहार गरिएको इन्सपेक्टर साहले बताए ।

     अहिले सो गाडीलाई मन्त्रालय पठाइएको उनको भनाइ छ।  उनले भने,‘गाडीलाई बन्दकर्ताहरूले ढुंगाले हानेछन् । गाडीको सिसा फुटेको छ, अहिले गाडी फर्काइसकेको अवस्था छ ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij