प्रकाश बहादुर थापा,धनगढी कैलाली ।नेपाल कम्युनिस्ट पार्टी लगायत ५ पार्टी र १ मोर्चाको सयुक्त पहलमा घोषणा गरेको नेपाल बन्द सुदुरपश्चिम प्रदेशको केन्द्र धनगढीमा व्यापक प्रभाव परेको छ ।
बिहानैदेखि नेता कार्यकर्ता रोडमा उत्रिएर नाराजुलुस सहित चौराहदेखि पार्कमोड र सो ठाँउदेखि फेरी चौराहतिर प्रवेश गरिरहेका छन ।
एमसीसि खारेज गर,देश बेच्न पाइँदैन,नेपाल बन्द सफल पारौ,विप्लव दाइ आदेश देउ लडन तयार छौ । जस्ता नाराहरु लगाइ रहेका छन ।
सो नाराजुलुसमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य ओम प्रकाश पुन,दल बहादुर धामी।अग्निुकैलाली जिल्ला सेक्रेटरी दिपेन्द्र चलाउने लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको छ।
