२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • नेपाल बन्दको क्रममा बुटवलबाट ९ जना...
--3654

नेपाल बन्दको क्रममा बुटवलबाट ९ जना पक्राउ

नेपाल बन्दको क्रममा बुटवलबाट ९ जना पक्राउ

बुधवार, फाल्गुण ४ २०७८
बुधवार, फाल्गुण ४ २०७८
  • बुटवल । एमसीसी सम्झौताविरुद्ध नेपाल बन्दको क्रममा बुटवलबाट ९ भन्दा बढीलाई प्रहरीले गिरफ्तार गरेको छ । शान्तिपूर्ण बन्द गराइरहेको बेला बसपार्क क्षेत्रबाट नेकपा नवीन थारु, युवा संगठन नेपालका केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज सन्तोष सुवेदी, माधव न्यौपाने, रामबहादुर थारुलगायतलाई प्रहरीले पक्राउ गरेको छ । 

    त्यसैगरी नेकपा क्रान्तिकारी माओवादीका नेता प्रेम सुवेदी, प्रगति राना, राजु भुजेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका शसी विक, तुलराज विकलगायत नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । 

    बन्दको प्रभाव बुटवल, भैरहवा, उद्योग, कलकारखाना, शैक्षिक संस्था, यातायात क्षेत्र लगायत सम्पूर्ण क्षेत्र बन्द रहेका छन् । आन्दोलनकारीहरु नाराबाजी सहित सडकमा उत्रिएर विरोध जनाएका छन् । 

    रुपन्देहीले ६ दलको मंगलबार संयुक्त बैठक बसेर नेपाल बन्दलाई प्रभावकारी बनाउने निर्णय गरेको थियो । सरकारले आज संसदमा एमसीसी टेबल गर्न लागेपछि विप्लव नेकपासहित ५ दल र मोर्चाले नेपाल बन्द गरेको हो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij