२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • आलिताल गाउँपालिका र सिड्स नेपालद्वारा कृषकलाई...
--3648

आलिताल गाउँपालिका र सिड्स नेपालद्वारा कृषकलाई कृषि यन्त्र वितरण

आलिताल गाउँपालिका र सिड्स नेपालद्वारा कृषकलाई कृषि यन्त्र वितरण

मंगलवार, फाल्गुण ३ २०७८
मंगलवार, फाल्गुण ३ २०७८
  • मनोज रावत,डडेल्धुरा । आलिताल गाउँपालिकाद्धारा  कृषकलाई कृषि यन्त्र वितरण गरेको छ । पालिकाका उत्कृष्ट र अगुवा कृषकलाई बिभिन्न सामाग्री वितरण गरिएको हो । जसमा वार्ड नं ८ का २० जना र वार्ड नं ३ का १५ जना कृषकलाई उक्त समाग्रीहरु वितरण गरिएको  हो।

     गाउँपालिका र युएनडिपी,सिड्स नेपालको पूर्ण अनुदानमा त्यस ठाउँका अगुवा कृषकलाई घाँस काट्ने मेसिन, ह्याचरी उद्योगका लागि ह्याचिङ मेसिन र चुक पेल्ने मेसिन लगाएतका कृषि सहजिकरण यन्त्रहरु  वितरण गरिएको छ । युएनडिपी तथा सिड्स नेपालको कोभिड १९ प्रतिकार्यका लागि समाजिक तथा आर्थिक पनर्लाभ र पूनरउत्थान परियोजना अन्तर्गतको कार्यक्रमबाट बितरण गरेको हो ‌। 

    उक्त परियोजना सिड्स नेपालले पहिलो चरणको कोरोना महामारीमा प्रभावित भएका नागरिकहरुलाई बिगत देखि नै जर्सि गाई वितरण, कुखुरा वितरण लगायतका सामाग्री स्थानीय जनताको आर्थिक उत्थानका लागि वितरण गर्दै आएको छ । 

    सो कार्यक्रममा सहभागी कृषक मान बहादुर बोहराले बोल्दै भने पछिल्लो समय स्थानीय सरकारसँग साझेदारी गर्दै आएका विभिन्न संस्थाहरुले कृषि क्षेत्रमा आधुनिकीकरण र व्यवसायीकरण त पक्कै पनि ल्याइएका छन तर कृषकले उत्पादन गरेका चिज बस्तुको उचित बजार ब्यबस्थापन नभएको गुनासो उनले पोखेका छन् ।

    पालिकासंग साझेदार संस्थाहरुले हामी जस्ता मेहनति कृषकहरुलाई हाम्रै जिवन तथा आर्थिक उत्थानका लागि जर्सी गाई वितरण देखि लिएर बिभिन्न कृषिजन्य उत्पादनहरूमा लगानि लगाउदै आएको र उक्त कार्यमा सक्रिय रहेका युएनडिपी  र सिड्स नेपाललाई कृषकको हितका लागि काम गरेकोमा धन्यवाद समेत दिएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij