२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
--3644

कपिलवस्तुमा शान्तिपूर्ण मसाल जुलुसमाथि प्रहरी हस्तक्षेप

कपिलवस्तुमा शान्तिपूर्ण मसाल जुलुसमाथि प्रहरी हस्तक्षेप

मंगलवार, फाल्गुण ३ २०७८
मंगलवार, फाल्गुण ३ २०७८
  • कपिलवस्तु । कपिलवस्तुमा नेपाल बन्दको पूर्वसन्ध्यामा नेकपाले मसाल जुलुस प्रदर्शन गरेको छ । एमसीसी सम्झौता राष्ट्रघाती सम्झौता भएको भन्दै संसदले फागुन ४ गते पेस गरी पास गर्ने षड्यन्त्र गरेको भन्दै नेकपा सहित ५ दल र मोर्चाले नेपाल बन्द आब्हान गरेको छ । 

    नेपाल बन्दको पूर्वसन्ध्यामा जिल्लाको चनौटा बजार र इमलियामा मसाल जुलुस प्रदर्शन गरेको हो । शान्तिपूर्ण मसाल जुलुसको क्रममा चनौटामा प्रहरीले हस्तक्षेप गरेको नेकपा केन्द्रीय सदस्य एवं कपिलवस्तु÷अर्घाखाँची इन्चार्ज जुझारुले बताउनुभएको छ । उहाँले जिल्लाका सम्पूर्ण सरोकारवालाहरुलाई बन्द सफल पार्न सहयोग गर्न अपिल समेत गर्नुभएको छ । 

    नेपाल बन्दको क्रममा फागुन ४ गते (भोली) जिल्लाका सम्पूर्ण उद्योग, कलकारखाना, यायातात, शैक्षिक संस्था, बजार क्षेत्र बन्द रहने नेकपा कपिलवस्तुले बताएको छ । बन्दको क्रममा अत्याश्यक एम्बुलेन्स, शबवहान, दुधको गाडी, दम्कलहरु भने निर्बाध चल्ने बताइएको छ । 

    नेकपाले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा निरन्तर संघर्ष गर्दै आएको छ । सरकारले फागुन ४ गते बस्ने संसद बैठकमा एमसीसी सम्झौता पास गर्ने तयारी गरेको बेला नेकपाले बन्दको आब्हान गरेको हो ।   

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij