२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • रुपन्देहीमा ६ दलको बैठक, नेपालबन्दलाई प्रभावकारी...
--3642

रुपन्देहीमा ६ दलको बैठक, नेपालबन्दलाई प्रभावकारी बनाउने निर्णय

रुपन्देहीमा ६ दलको बैठक, नेपालबन्दलाई प्रभावकारी बनाउने निर्णय

मंगलवार, फाल्गुण ३ २०७८
मंगलवार, फाल्गुण ३ २०७८
  • बुटवल । रुपन्देहीमा ६ दलको मंगलबार बुटवलमा बसेको बैठकले नेपाल बन्दलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । नेपाल बन्द सफल पार्न सम्पूर्ण तयारी गर्ने संयुक्त दलले निर्णय गरेको छ। 

    ६ दलको बैठकले रुपन्देहीमा एमसीसी विरुद्ध यसअघिका कार्यक्रमको समीक्षा गर्दै फागुन ४ गतेको नेपाल बन्दलाई सफल पार्न सम्पूर्ण उद्योगी, यातायात व्यसायी, शैक्षिक संघसंस्था, पत्रकार, मानवअधिकारकर्मी एवं देशभक्त, प्रगतिशील, बुद्धिजीवीहरुलाई सहयोग गर्न अपील गरेको छ । 

    बैठकमा विप्लव नेतृत्वको नेकपासहित संयुक्त संघर्षमा सहभागि राजनीतिक दल र मोर्चाहरुको सहभागिता रहेको थियो ।

    बन्द विहान ५ बजेदेखि साँझ ५ बजेसम्म रहने स्रोतले बताएको छ । बन्दको क्रममा अत्यावश्यक एम्बुलेन्स, दमकल, दुधको गाडीलाई चल्न दिने बताइएको छ । बन्द शान्तिपूर्ण रहने स्रोतले बताएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij