बुटवल । बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँ मिलनचोकमा आज बिहान भएकाे मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा थप एकजना गम्भीर घाइते भएका छन्।
गैडहवाका बिमल रानाले चलाएकाे लु ६० प ३६५२ नम्बरको मोटरसाइकलमा ३ जना सवार रहेको प्रहरीले जनाएको छ। आज बिहान करीव चार बजे अनियन्त्रित भएर पल्टिंएपछि मोटरसाइकलमा पछाडि सवार गैडहवा गाउँपालिका वडा नं ९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही ठाउँका २० वर्षीय राहुल थापाको मृत्यु भएको बुटवल प्रहरीले बताएको छ।
उनीहरुको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक २१ वर्षीय विमल रानाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।
