नवलपुर । युवा संगठन नेपाल नवलपुर जिल्लाको विस्तारित बैठक सम्पन्न भएको छ । बैठकले चैत १९ गते जिल्ला सम्मेलन गर्ने निर्णय सहित जिल्लामा १ महिने सांगठनिक तथा राजनैतिक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
जिल्ला बैठकमा नेकपा केन्द्रीय सदस्य शरद ओलीले संगठनलाई जिल्लामा थप सुदृढ र विस्तार गर्नका लागी निर्देशन दिदै युवाहरुको नेतृत्वदायी संगठनको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
बैठकले जिल्लामा जनमत संग्रहको पक्षमा राजनीतिक अभियानलाई तीव्रता दिने, भ्रष्टाचारी, कालोबजारी, कमिसनखोरी, दलालहरु विरुद्ध संघर्ष चर्काउने निर्णय गरेको संगठन केन्द्रीय सदस्य एवं नवलपुर अध्यक्ष अविनाशले बताउनुभयो ।
