२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • डडेल्धुराको आलितालमा अचेत अवस्थामा फेला परेका...
--3636

डडेल्धुराको आलितालमा अचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु

डडेल्धुराको आलितालमा अचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु

  हत्यामा संलग्न ३ जना पक्राऊ 

सोमवार, फाल्गुण २ २०७८
सोमवार, फाल्गुण २ २०७८
  • मनोज रावत,धनगढी  । डडेल्धुरामा अचेत अवस्थामा भेटिएका एक युवकको मृत्यु भएको छ। डोटीको दीपायल सिलगढी नगरपालिका–३ का ३५ वर्षीय बसन्त सिजापतीको उपचारका क्रममा मृत्यु भएको हो। 

    सोमबार बिहान उनी कुटपिट गरी अचेत पारिएको अवस्थामा आलिताल गाउँपालिका–४ लामजिलेमा फेला परेका थिए। घाइते अवस्थामा फेला परेका उनलाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको थियो। त्यहाँ उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुढा डडेल्धुराले जनाएको छ। 

    इलाका प्रहरी कार्यालय जोगबुढा डडेल्धुराका प्रमुख रमेश अवस्थिका "  अनुसार मृतक सिजापतीको शरीरभरी चोटपटकका निशान छन्। ‘उनको कुटपिट गरी हत्या गरेको आशंकामा हामीले परशुराम १२ का ३ जनालाई पक्राउ गरी अनुसन्धान गर्दैछौं। उनिहरुले अपराध स्वीकार गरिसकेका छन् ।

    उनिहरुसंग यस घटनामा अन्य व्यक्तिको संलग्नता हुन सक्ने र सो विषयमा हामीले अनुसन्धान गरिरहेका छौ । डोटीबाट किन त्यहाँ गएका थिए र उनीसँग के भएको थियो भन्नेबारे अनुसन्धान चलिरहेको छ’ उनले भने। 

    मृतक सिजापति लाई परशुरामको १२ बाट मरणासन्न हुनेगरी कुटपिट गरि डडेल्धुरा र डोटीको सिमाना नजिक लामिजिले खोलामा कुटपिट गरि अचेत फालिएको अवस्थामा भेटीएको थीयो । उनको शव अहिले जोगबुढा अस्तालमा राखिएको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ ।

    प्रहरीले हत्याराको नाम भने गोप्य राखेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij