२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
--3635

प्रेम दिवसको उपहार,श्रीमतीमाथि चक्कु प्रहार

प्रेम दिवसको उपहार,श्रीमतीमाथि चक्कु प्रहार

सोमवार, फाल्गुण २ २०७८
सोमवार, फाल्गुण २ २०७८
  • बुटवल । प्रणय दिवश (भ्यालेन्टाइन डे) कै दिन भद्रपुर नगरपालिका-१ लाहुरे चौक झापामा श्रीमानले श्रीमतीको चक्कु हानेर हत्या गरेका छन् । 

    ३४ वर्षीय अमरबहादुर तामाङले आफ्नी श्रीमतीको आज बिहान साढे ५ बजे हत्या गरेका हुन् । रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार तामाङले उनकी श्रीमती ३४ बर्षीय अनिताले मोबाइल बिगारेका कारण  घाँटी तथा शरिरमा चक्कु प्रहार गरी आफ्नै घरमा हत्या गरेको प्रहरीले बताइएको छ ।

     श्रीमतीको हत्या गर्ने तामाङ भने अहिले प्रहरी नियन्त्रणमा छन् । उनलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ ।

    मृतक अनिताको शवलाई भने कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि मेची अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij