२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • दिप प्रज्वलन सहित डोटीमा जनयुद्ध दिवस...
--3632

दिप प्रज्वलन सहित डोटीमा जनयुद्ध दिवस मनाइयो

दिप प्रज्वलन सहित डोटीमा जनयुद्ध दिवस मनाइयो

सोमवार, फाल्गुण २ २०७८
सोमवार, फाल्गुण २ २०७८
  •  प्रकाश बहादुर थापा सिलगढी डोटी ।  २७औं जनयुद्ध दिवसको अवसरमा युवा संगठन नेपाल डोटीको आयोजनमा सिलगढी डोटीमा दिप प्रज्वलन गरी २७औं जनयुद्ध दिवस मनाएको छ ।

    महान सहिदप्रति स्मरण गरी सहिदहरुले देखाएको बाटोमा लाग्ने र घाइते योद्धाहरु अहिले पनि पिडामा छटपटाइ रहेको अवस्थमा ति पिडितको सपना पुरा गर्न एकिकृत जनक्रान्तिद्वरा पुरा गरेर छाडने प्रतिवद्धता युवा संगठन नेपालका अध्यक्ष सुशिल मलासीले बताएका छन् ।

    २७औं जनयुद्ध दिवसको अवसरमा पार्टी कार्यालय सिलगढी डोटीमा २७ वटा मैनबत्ती बालेर र एक/अर्कामा टीका लगाएर भव्यताको साथ जनयुद्ध दिवस मनाएका छन् सो कार्यक्रममा जिल्ला सदस्यहरु प्रकाश कठायत,सुशिल मलासी,दिपक भण्डारी लगायत नेता/कार्यकर्ताहरुको उपस्थिति थियो ।

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij