२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • विविध कार्यक्रम सहित नवलपरासीमा जनयुद्धको २७...
--3631

विविध कार्यक्रम सहित नवलपरासीमा जनयुद्धको २७ औं बार्षिकोत्सव मनाए ।

विविध कार्यक्रम सहित नवलपरासीमा जनयुद्धको २७ औं बार्षिकोत्सव मनाए ।

सोमवार, फाल्गुण २ २०७८
सोमवार, फाल्गुण २ २०७८
  • कृष्ण ढकाल, बर्दघाट, फागुन –२ जनयुद्धको २७ औ बार्षिकोत्सवको अवसर पारेर नवलपरासीको विभन्न स्थानमा विभन्न कार्यक्रमहरु सम्पन्न् भएका छन् । जनयुद्धको २७ औ बार्षिक उत्सव मनाउने क्रममा नवलपरासीमा जन मुक्ति सेनानेपाल नवलपरासीले वनभोज तथा पुर्नर मिलन कार्यक्रमको आयोजना गरेर जनयुद्धको २७ औ बार्षिकोत्सव मनाएको थियो ।

    सुनवलको शहिद विष्णु पाण्डे प्रतिष्ठानमा आयोजना गरीएको वनभोज तथा पुर्नर मिलन कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुको समेत सहभागिता रहेको थियो ।

    यता जनयुद्ध दिवस मनाउने क्रममा फागुन –१ गते नेकपा ९क्रान्तिकारी माओवादी० जिल्ला समिति पश्चिम नवलपरासीले बर्दघाटको त्रिवेणीचोकमा एक कार्यक्रमको आयोजना गरेर जनयुद्ध दिवस मनाएको थियो ।
    कार्यक्रममा जनयुद्ध जिन्दावाद १ महान शहिद अमर रहुन १ लगायतका नारावाजी गर्दै क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताले कोणसभा गरेका थिए ।

     २७ औ जनयुद्ध दिवश मनाउदै बर्दघाटमा दिप प्रज्वलन

    नेकपा ( क्रान्तीकारी ) क्रान्तिकारी माओवादी जिल्ला समिति पश्चिम नवलपरासीका सेक्रेटरी छविलाल खरेलको नेतृत्वमा भएको उक्त कार्यक्रममा जिल्ला सचिवालय सदस्य चुडामणी भण्डारी लगाएतका नेताहरुले बोल्दै जनयुद्ध दिवसको शुभकामना आदान प्रदान गरेका थिए ।

    त्यस्तै नेकपा माओवादी केन्द्र निकटको वाइसीएल नेपाल नवलपरासी जिल्ला कमिटी ले जिल्लको पाल्हिनन्दनमा शुभकामना आदान प्रदान सहित रक्तदान कार्यक्रम सम्पन्न् गरी २७ औ जनयुद्ध दिवश मनाएको थियो ।

    जनयुद्धको २७ औ बार्षिकोत्सवको अवसर पारेर नवलपरासीको बर्दघाट बजारमा पनि दिप प्रज्वलन गरीएको थियो । दिपप्रज्वलन पश्चात माओवादी का नेताहरुले शुभकामना आदान प्रदना समेत गरेका थिए । जनयुद्ध दिवस मनाउने क्रममा सुनवल चोकमा साँझ दिप प्रज्वलन गर्ने कार्य समेत सम्पन्न् गरीएको थियो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij