२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
--3628

नेकपा,पाल्पाको संयुक्त बैठक सम्पन्न 

नेकपा,पाल्पाको संयुक्त बैठक सम्पन्न 

सोमवार, फाल्गुण २ २०७८
सोमवार, फाल्गुण २ २०७८
  • मुक्ति गैरे,पाल्पा। नेपाल कम्युनिस्ट पार्टी निकट जवस,ईलाका सचिव र जिल्ला कमिटी सहितको संयुक्त बैठक सम्पन्न भएको छ ।

    २७ अाैं जनयुद्ध दिवस मनाए लगत्तै बसेकाे उक्त बैठक साे पार्टी निकटका जनवर्गीय संगठनका जिल्ला अध्यक्षहरु,केन्द्रीय सदस्यहरु,पार्टीका ईलाका सचिवहरु र जिल्ला कमिटी सदस्यहरुकाे उपस्थितिमा उक्त बैठक सम्पन्न भएको समाचार प्राप्त भएको छ । उक्त बैठकले दुई महिने(फागुन-चैत) साँगठनिक,राजनीतिक र वैचारिक अभियान संचालन गर्ने समेत निर्यण गरेको छ ।

    साे अभियान टिम

    १) नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य मीन बहादुर अ।ले "नेपाल" काे नेतृत्वमा पुर्व रामपुर नगरपालिका र निस्दि गाउँ पालिका,

    २) युवा संगठन नेपालकाे पाल्पा ईन्चार्ज तथा केन्द्रीय सदस्य लिला सारुकाे नेतृत्वमा माथागढि गाउँपालिका,

    ३) अखिल क्रान्तिकारीका पाल्पा ईन्चार्ज तथा केन्द्रीय सदस्य लंक बहादुर रानाकाे नेतृत्वमा युवा र विद्यार्थी जाेईन्ट अभियान जिल्ला भरि नै संचालन गर्ने निर्यण गरेको छ ।

    अभियान सुचारु यहीँ फागुन ३ गतेबाट हुने समेत बताईएकाे छ । उक्त बैठकका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला ईन्चार्ज अपेक्षाले बैठकलाई निर्देशन गर्दै विकसित राजनीतिक घटना क्रम नयाँ ढंगले विकास भएको हुँदा राजनीतिक,वैचारिक र साँगठनिक क्रियाकलाप सुदृढ हुनुपर्ने अावश्यकता रहेको बताईएकाे छ ।

    उक्त बैठकको संचालन तथा सभाध्यक्ष नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिवालय सदस्य मीन बहादुर अाले "नेपाल"ले गर्नु भएको थियो ।
     
     
     
    Attachments area

     
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij