२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
--3625

आजको जनयुद्ध एकीकृत जनक्रान्ति - नेकपा

आजको जनयुद्ध एकीकृत जनक्रान्ति - नेकपा

आइतवार, फाल्गुण १ २०७८
आइतवार, फाल्गुण १ २०७८

  • सुर्य,मकवानपुर। नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले पनि शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी २७ औं जनयुद्ध दिवस मनाएको छ। हेटौँडा-१, जरुवाटोल स्थित आफ्नै पार्टीे कार्यालयमा भएको कार्यक्रममा मकवानपुरका विभिन्न क्षेत्रमा रहेका पार्टीका नेता कार्यकर्ताका साथै सर्वसाधारण जनताको प्रत्यक्ष उपस्थिति रहेको थियो।


    कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज नयनको प्रमुख आतिथ्यता, जिल्ला सेक्रेटरी वाटरको विशेष आतिथ्यता, अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा पश्चिम बागमती इन्चार्ज सुरेन्द्र बस्याल, अखिल क्रान्तिकारी  ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य तथा पश्चिम बागमती इन्चार्ज राजकुमार मगर लगायतको आतिथ्यता रहेको थियो।


    कार्यक्रममा बोल्दै प्रमुख अतिथि नयनले आजको जनयुद्ध भनेको नै एकीकृत जनक्रान्ति भएको बताएका छन्। जसले १० वर्षे जनयुद्धले पूरा गर्न नसकेका बाँकी कार्यभार पूरा गर्ने बताउँदै एकीकृत जनक्रान्तिको कार्यदिशामा गोलवन्द भई अघि बढ्न सबैमा अपील गरेका छन्। 


    त्यस्तै विशेष अतिथि वाटरले १० वर्षे जनयुद्ध अघिको समाज भन्दा आजको समाज फरक हुनु जनयुद्धको आंशिक परिणाम भएको बताउँदै हजारौं सहिदहरुको सपना र करोडौं नेपाली जनताको जनवादी चाहना अब एकीकृत जनक्रान्तिले मात्र पूरा गर्ने बताए। 


    कार्यक्रममा अतिथि गण लगायत उपस्थित सबैले एक आपसमा अबिर लगाई शुभकामना आदानप्रदान पनि गरेका थिए।


    यसरी जिल्ला सचिवालय सदस्य तथा हेटौँडा उपमहानगरपालिका सेक्रेटरी सुर्य अर्यालको सभाध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज विवेक घलानले गरेका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij