२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • नेकपासहित ८ दलले एमसीसीविरूद्व फागुन ४...
--3624

नेकपासहित ८ दलले एमसीसीविरूद्व फागुन ४ गते संयुक्त विरोध गर्ने

नेकपासहित ८ दलले एमसीसीविरूद्व फागुन ४ गते संयुक्त विरोध गर्ने

आइतवार, फाल्गुण १ २०७८
आइतवार, फाल्गुण १ २०७८
  • बुटवल । एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै नेकपा सहित ८ दलले फागुन ४ गते संयुक्त विरोध सभा गर्ने भएको छ । 

    आइतबार ८ दलको संयुक्त बैठकले देशव्यापी संघर्षको घोषणा गरेको हो । फागुन ४ गते एमसीसी सम्झौता पारित गर्ने षड्यन्त्र गरेको भन्दै संयुक्त संघर्ष गर्ने भएको हो । 
    नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वनिर्णयको अधिकारका विरुद्ध सम्झौता संसदबाट पारित गर्न खोजिएको भन्दै यो षड्यन्त्रलाई चकनाचुर पार्नुपर्ने संयुक्तको वैठकको निष्कर्ष रहेको छ । 

    संयुक्त संघर्षमा नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मसाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा, राष्ट्रिय जनमोर्चा, देजमो, नेकपा माओवादी केन्द्र समाजवादी रहेका छन् ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij