२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • नेकपा नवलपुरद्वारा २७ औं जनयुद्ध दिवस...
--3622

नेकपा नवलपुरद्वारा २७ औं जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न

नेकपा नवलपुरद्वारा २७ औं जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न

आइतवार, फाल्गुण १ २०७८
आइतवार, फाल्गुण १ २०७८
  •  भानु चापागाईं / नवलपुर। नेपाल कम्युनिष्ट पार्टी नवलपुरले २७ औं जनयुद्ध दिवस मनाएको छ । नवलपुरको २ ठाउँमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी जनयुद्ध दिवस मनाईएको नेपाल कम्युनिष्ट पार्टी नवलपुरका जिल्ला सेक्रेटरी शितलले जानकारी दिए ।

    नेकपा नवलपुरको आयोजनामा आईतबार बिहान चोरमारा बजारमा पाटीका जिल्ला सेक्रेटरी शितलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नवलपुर जिल्ला ईन्चार्ज ध्रुव तथा पाटीका नेता मगंलसेन र विशेष कमिटी सदस्य विश्वासको आतिथ्यता रहेको थियो ।

    नेकपा नवलपुरका जिल्ला सदस्य धन बहादुर कुमालको उद्घोषणमा सम्पन्न कार्यक्रम युवा संगठन नेपाल नवलपुरका अध्यक्ष अविनाशले स्वागत मन्तव्य राखेका थिए ।  त्यसैगरी २७ औं जनयुद्ध दिवस कै अवसरमा जिल्लाको सदरमुकाम कावासोतीमा पनि जिल्ला पाटीको आयोजनामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।

    कावासोतीको शहिद पार्कमा पाटीका नेता कार्यकर्ताको उपस्थितिमा आईतबार साँझ जनयुद्ध दिवसको सम्झनामा दिप प्रज्वलन गरि महान जनयुद्ध जिन्दावाद , विर शहिद अमर रहुन लगाएतका नारा लगाएका थिए ।

    कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुका साथै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी उत्तम , जिल्ला नेता बाबुराम पोखरेल लगायतका नेता कार्यकर्ताको पनि उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij