२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • नेकपा दाङद्वारा २७ औं जनयुद्ध दिवसको...
--3616

नेकपा दाङद्वारा २७ औं जनयुद्ध दिवसको अवसरमा दिप प्रज्वलन

नेकपा दाङद्वारा २७ औं जनयुद्ध दिवसको अवसरमा दिप प्रज्वलन

आइतवार, फाल्गुण १ २०७८
आइतवार, फाल्गुण १ २०७८

  • दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङ अन्तर्गतका विभिन्न पालिकाका मुख्य शहर केन्द्रित चोकहरुमा २७औ महान जनयुद्ध दिवसको अवसरमा दिप प्रज्वलन गरिएको छ।
    यस्तै नेकपा तुलसीपुर उपमहानगर कमिटीले बिरेन्द्र चोकमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।


    दिप प्रज्वलन कार्यक्रममा बोल्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य संजयले नेपाली मुक्तिकामी श्रमिक जनताको आकांक्षा र जनयुद्ध लक्ष्य,उदेश्यकालाई धोका दिएर प्रचण्ड बाबुराम दलाल पुजीवादमा पतन भएको जिकिर गर्नुभएको थियो।

    उहाले आफुहरु जनयुद्धका अधुरा सपनाहरु पूरा गर्न फेरि बिद्रोहको बाटो लिएको भन्दै नेपाली जनतालाई सडकमै छाडेर एक्लै महलमा रजाइ गर्नेहरुका विरुद्ध निर्मम संघर्ष गर्ने उद्घोष गर्नुभएको थियो।

    नेता संजयले एकीकृत जनक्रान्तीको कार्यदिशा मार्फत वैज्ञानिक समाजवाद स्थापनाका लागि आफुहरु जुनसुकै मूल्य चुकाउन तयार रहेको समेत बताउनुभएको हो।
    कार्यक्रमको सहजीकरण युवा संगठन नेपालका केन्द्रीय सदस्य मनोजले गर्नुभएको थियो।
     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij