हेमन्त प्रकाश वली,फागुन१,तुलसीपुर। नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लामा भव्य रुपमा २७औ जनयुद्ध दिवस मनाएको छ।
नेकपा दाङ जिल्ला अन्तर्गतका विभिन्न पलिकामा आज बिहान टिका आवरण सहित शुभकामना आदानप्रदान गरि जनयुद्ध दिवस मनाएको नेकपा दाङले जनाएको छ।
यस्तै नेकपा दाङ अन्तर्गत तुलसीपुर उपमहानगर कमिटीले आज बिहान टीका आवरण,शुभकामना आदानप्रदानका साथै भव्य र्यालि सहित तुलसीपुर बजार परिक्रमा गरेको हो।
र्यालीमा नेकपाका नेता-कार्यकर्ताहरुले महान जनयुद्ध जिन्दावाद, जनयुद्ध दिवस सफल पारौं, एकीकृत जनक्रान्ती जिन्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद,एमसिसी परियोजना खारेज गर, बढ्दो मंहगि नियन्त्रण गर लगाएतका नारा लगाएका थिए।
बजारका विभिन्न चोकहरु परिक्रमा पछि र्याली तुलसीपुरको बिरेन्द्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।
कोणसभालाइ सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज शितलले त्याग,समर्पण र बलिदानको ऐतिहासिक दिनको सन्दर्भमा नेपाली मुक्तिकामी आम जनसमुदाय,पार्टीपंक्ति प्रती हार्दिक शुभकामना व्यक्त गर्नुभएको थियो।
नेता शितलले जनयुद्धका अधुरा कार्यभारहरु वर्गसंघर्षको नया मोडेल एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत पूरा गरिछाड्ने उद्घोष समेत गर्नुभएको थियो।
कोणसभाको सहजीकरण नेकपा दाङका कार्यालय सदस्य एवम तुलसीपुर उपमहानगरका इन्चार्ज बिकाशले गर्नुभएको थियो।
