२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • रूपन्देहीमा विभिन्न दल परित्याग गरी १८७...
--3614

रूपन्देहीमा विभिन्न दल परित्याग गरी १८७ जना नेकपामा प्रवेश

रूपन्देहीमा विभिन्न दल परित्याग गरी १८७ जना नेकपामा प्रवेश

आइतवार, फाल्गुण १ २०७८
आइतवार, फाल्गुण १ २०७८
  • बुटवल । रुपन्देहीको सैनामैनामा नेकपाद्धारा आयोजित २७ औं जनयुद्ध दिवसको अवसरमा विभिन्न दलहरुबाट १८७ जना प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई नेकपा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज कृति र जिल्ला सेक्रेटरी विश्वासले स्वागत गर्नुभएको छ । 

    नेकपमा प्रवेश गर्नेहरु माओवादी केन्द्र, एमाले, कांग्रेस, जसपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र रहेर विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील अगुवाहरु रहेका छन् । नवप्रवेशीहरुलाई स्वागत गर्दै नेता कृतिले श्रमिक वर्गको नेतृत्व नेकपाले गर्ने भन्दै कम्युनिस्ट आन्दोलनमा देखिएको दक्षिणपन्थी संशोधनवाद, विसर्जनवाद र आत्मसमर्पणवाद विरुद्ध जीवनमरणको संघर्ष गर्नुपर्ने बताउनुभयो । 

    नवप्रवेशीहरुको तर्फबाट बोल्दै देवीप्रसाद चौधरीले नेकपामा समाहित भएर आफुलगायत नवप्रवेशीहरुले आफ्नै राजनीतिक जीवन र जनताका लागी न्याय गरेको भन्दै पार्टीले दिएको जिम्मेवारीलाई दृढतापूर्वक पुरा गर्ने बताउनुभयो । चौधरी नेकपा माओवादी केन्द्र र उक्त पार्टी निकट मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य रहेका थिए । उनीलगायत सैनामैना, बुटवल, तिलोत्तमा, भैरहवा, सियारी, शुद्धोधनलगायत क्षेत्रबाट नेकपामा प्रवेश गरेका छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij