२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • घोराहीमा अखिल (क्रान्तिकारी) द्वारा दीप...
--3609

घोराहीमा अखिल (क्रान्तिकारी) द्वारा दीप प्रज्ज्वलन

घोराहीमा अखिल (क्रान्तिकारी) द्वारा दीप प्रज्ज्वलन

शनिवार, माघ २९ २०७८
शनिवार, माघ २९ २०७८
  • घोराही,२९ माघ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दाङले २७ औं जनयुद्ध दिवसको पुर्वसध्यामा दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरेको छ।  संगठनले आज शनिबार घोराहीको तुलसीपुर चोकमा  सो कार्यक्रम सम्पन्न गरेको हो।

    दिप प्रज्वलन कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य एवम लुम्बिनी प्रदेशको इञ्चार्ज दिपक विष्टले संगठनको केन्द्रीय कार्यक्रम अनुरुप जनयुद्ध शुरु भएको २६ वर्ष पुरा भएर २७ औं वर्षमा प्रवेश गरेको पूर्वसन्धमा दिप प्रज्ज्वलन कार्यक्रम गरेको बताए।

    नेता बिष्टले सम्मान,सम्झना र प्रतिबद्धताको ऐतिहासिक दिनको अवसरमा आम क्रान्तिकारी बिद्यार्थी,नेता-कार्यकर्ता,एवम आम जनसमुदायप्रती हार्दिक शुभकामना व्यक्त गरेका थिए। उनले २७औ महान जनयुद्धको अवसरमा जनयुद्धका अधुरा कार्यभारहरु पूरा गर्न र नेपाली जनताको सदियौदेखिको आकांक्षा वैज्ञानिक समाजवाद स्थापना गर्न एकीकृत जनक्रान्तीको कार्यदिशा मार्फत पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।

     उनले १० वर्षे जनयुद्ध एक तहसम्म सफल भएतापनि सहिद, वेपत्ता तथा घाइते योद्धा र आम युवाहरुको सपना साकार नभएको हुँदा फेरि अर्काे आन्दोलनको आवश्यकता भएको प्रष्ट पारेका हुन।

    कार्यक्रमणको सहजीकरण अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज अम्मर खड्काले गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij